पदको कुनै लोभ छैन, मन्त्री छाड्न तयार छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफूलाई बदनाम गर्न खाजेको आरोप लगाएका छन्।

मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजासहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफूले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताए।

मन्त्री आलेले आफूलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरे। आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनको भनाइ छ।

उनले बतास समूहविरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरे। मन्त्री आलेले पशुपति क्षेत्रको विकासका लागि त्यहाँ भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित