‘नाम रोजगार मन्त्रालय, काम बेरोजगार उत्पादन गर्ने’

सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गरेकी छन् ।

मंगलबार संघीय संसदको प्रतिनिधि सभामा खर्च कटौती प्रस्तावमाथि छलफललमा भाग लिँदै सांसद पौडेलले रोजगार मन्त्रालयले बेरोजगार मात्र उत्पादन गर्ने भएकाले मन्त्रालयको नाम फेरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्नुपर्ने अवस्था सृजना भएको बताइन्।

उनले भनिन्, ‘युवालाई तालिम दिएर विकासमा सहभागी गराउनु पर्ने हो । श्रम तथा रोजगार मन्त्रालयले रोजगारी दिनुपर्नेमा बेरोजगार भएर नेपाली नागरिकहरु विदेश पलायन भइरहेका छन् । ’

सरकारले प्रत्येक दिन युवाहरु जोखिम मोलेर विदेशीन बाध्य भएको भन्दै सरकार संवेदनशिल नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित