नयाँ अवतारमा समीक्षा

गायिका समीक्षा अधिकारी केही समय सामाजिक सञ्जालबाट टाढा रहिन्। उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन्। उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइरहेकी छिन्।

सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन्।
पछिल्लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन्।

बाइकमा देखिएकी समीक्षा स्पाइडर म्यानझै देखिएकी छिन्। म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्स नयाँ म्युजिक भिडिओको सिन हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित