अभिनेत्री नीता ढुंगानाकाे चलचित्र ‘ह्रस्व दीर्घ’ निर्माणको तयारीमा जुटेकी छन्। यो फिल्मको औपचारिक घोषणा भएसँगै चर्चाको विषय बन्न पुगेको छ।उक्त फिल्म निर्माण हुने घोषणा भएसँगै नीता आफैँले निर्देशन गर्ने बताएकी थिइन्। तर फिल्म निर्देशनको जिम्मा उनले चन्द्र पन्तलाई दिइन्।
पछिल्लो समय फिल्ममा अनुबन्धित कलाकारका कारण यो फिल्मको चर्चा सेलाउन पाएको छैन्। असारको अन्तिम साताबाट छायाँकनमा जाने भनिएको यो चलचित्रमा एकपछि अर्को विदेशी कलाकारको इन्ट्री भइरहेकाे छ।
पछिल्लो पटक चन्द्र ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अलीले इन्ट्री गरेका छन्। अलि मुख्यतः तामिल र तेलुगु भाषाका फिल्ममा चर्चित छन्।
अली भन्दा पहिला यो फिल्ममा बलिउडका सिनेमाटोग्राफर कबिर लाल, अभिनेता प्रदीपराज रावत तथा ‘पुष्पा’ फिल्ममा भिलेनको रुपमा देखिएका सुनिल बर्मा अनुबन्धित भैसकेका छन्।
यो फिल्ममा नीता र हरिहर अधिकारी शीर्ष भूमिकामा देखिने छन्। हाल फिल्मको स्क्रिप्टमा काम भैरहेको अभिनेता हरिहर अधिकारीले जानकारी दिए।केही समयदेखि प्रेम सम्बन्धमा रहेका हरिहर र नीता फिल्म छायाँकनमा निस्कनु अघि विवाहकाे तयारीमा गर्ने जुटेका छन्।





















Discussion about this post