मान्द्रे खोलाले बगाउँदा तनहुँमा एक जनाको मृ’त्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित मान्द्रे खोलाले बगाउँदा याम बहादुर विकको मृ’त्यु भएको छ। शुक्रबार राति करिब १०:२० बजे खोला तर्ने क्रममा भेलले बगाउँदा शुक्लागण्डकी-१० कुखुरे खोला बस्ने ५२ बर्षका विकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

विक घर जान तर्ने क्रममा बर्षाका कारण आएको मान्द्रे खोलाको भेलले बगाएको थियो। उनको खोजतलास गर्दा आज बिहान ७ बजे तरेको ठाउँदेखि करिब ७०० मिटर तल बाङ्गे खोलाको छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ। वडाध्यक्ष राजेन्द्र भट्टराईका अनुसार विक परम्परागत रुपमा आरनसँगै खेतीपाती र मेलापात गरी घर व्यवहार चलाउँथे। विकको पाँच जनाको परिवार छ।

जिल्लामा हिजो साँझ ९ बजेपछि भारी बर्षा भएको थियो। ठाडो खोला भएकाले बर्षातपछि उक्त खोलामा ठूलो बाढी आउने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित