मन्त्री विमलाविरुद्ध मीनाको जाहेरीः तेरो होइन मेरो श्रीमान हो भन्दै जगल्ट्याइन्

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीबिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपीट गरेको भन्दै मिना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन् ।

ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीबिरुद्ध किटानी जाहेरी आएको पुष्टि गरे । ‘राज्यमन्त्रीविरुद्ध किटानी जाहेरी हामीकहाँ आएको छ’, स्वाँरले भने, ‘जिल्लाको आदेशअनुसार किटानी जाहेरी जिप्रका पठाउँदैछौँ ।’

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्धको किटानी जाहेरी जिप्रकामा दर्ता हुने प्रतिक्रिया दिएका छन् ।
‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्ले भने, ‘ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’

स्वास्थ्य राज्यमन्त्री विमलाले आज बिहान प्रेमीको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् । उनलाई अहिले जिप्रकामा राखिएको छ ।

के छ जाहेरीमा ?
मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी हुन् । विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उनले बताएकी छन् ।

त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको उनको भनाइ छ ।

त्यस क्रममा आफ्नो कपाल लुछेर लडाई लात्ती र मुड्कीले हानेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । छ्ट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित