भारतले फेरि पठायो पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहितको पत्र

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। भारतीय आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई मूल्य वृद्धिसहितको नयाँ पत्र पठाएको हो।

नयाँ मूल्यसूचीअनुसार प्रशोधित पेट्रोलमा ६.५३ रुपैयाँ, डिजेलमा १९.०३ रुपैँया र हवाई इन्धनमा १९.९१ रुपैयाँले वृद्धि भएको आयल निगमले जनाएको छ। नयाँ मूल्य सूचीपछि पेट्रोलको मूल्यमा ३१.२८ रुपैयाँ घटा रहेको निगमले जनाएको छ।

त्यस्तै डिजेलमा ३७.१६ रुपैयाँ, हवाई इन्धनमा २.७० रुपैयाँ र एलपी ग्यासमा ७५१.१४ रुपैयाँ घाटा रहेको छ।

नयाँ मूल्य सूची हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित