पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन् । उनले मंगलबार पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । लामिछानेले मंगलबार नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।
लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए । यस क्रममा उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए ।
उनले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरेका थिए । साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेले बताए ।
सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन् ।





















Discussion about this post