आज जेठ २७ गते मङ्गलबार: ४ राशिका व्यक्तिलाई हुनेछ लाभै-लाभ, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक तनाव बढ्न सक्छ, स्वास्थ्य कमजोर रहन सक्छ। अधुरो काममा अवरोध आउनसक्छ। विद्यार्थीले मेहनत गर्नुपर्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका कामहरू बन्नेछन्। लगानी लाभदायी हुनेछ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):आत्मविश्वास बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पारिवारिक तथा प्रेम जीवन राम्रो रहनेछ। सरकारी काममा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिवारसँग समय बिताउन सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। अध्ययनमा सुधार आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): स्वास्थ्यमा समस्या आउन सक्छ। काममा बाधा आउन सक्छ। साथीभाइको सहयोग कम मिल्नेछ। अध्ययनमा रुचि घट्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफन्तको सहयोग प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। रमाइलो यात्रा सम्भावित छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): हतारमा निर्णय नगर्नुहोस, समस्या निम्तिन सक्छ। संचित धन खर्च हुन सक्छ। अध्ययनमा ध्यान दिए राम्रो नतिजा प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आम्दानी बढ्नेछ। रोकिएको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): खर्च बढ्न सक्छ। व्यवसायमा लगानी आवश्यक पर्न सक्छ। जागिरमा चुनौती आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आर्थिक लेनदेन सहज हुनेछ। अग्रजको सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीलाई सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): नयाँ काम सुरु गर्न राम्रो समय छ। कार्यक्षेत्रमा सहजता आउनेछ। आर्थिक वृद्धि हुनेछ। साथीभाइको साथ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पारिवारिक सुख मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। आर्थिक पक्ष मजबुत हुनेछ। कानुनी तथा प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित