वि. सं. २०८२ फागुन १९ गते चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

विक्रम सम्वत् २०८२ फागुन १९ गते मङ्गलबार फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथिका दिन नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

धर्मशास्त्र अनुसार समुद्रमन्थनपछि अमृत वितरणका समयमा स्वर्भानु दैत्यले देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो । अमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए ।

त्यसपछि भगवान विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर लाई छेदन गरी छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्न, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको कक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।

चन्द्रग्रहण कुन समयमा लाग्दैछ ?

यो चन्द्र ग्रहणको स्पर्श अर्थात् सुरुवात विक्रम सम्वत् २०८२ फागुन १९ गते मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा नै स्पर्श हुने भएपनि नेपालमा चन्द्रोदय साँझ ६ बजेर ३ मिनेटमा हुने भएकाले त्यसपछि नेपालमा खण्डग्रास चन्द्रग्रहण सुरु हुनेछ। त्यस्तै ग्रहणको मोक्ष अर्थात् सकिने समय राति ७ बजेर २ मिनेटमा रहेको छ। यसरी यस ग्रहणको कूल समय लगभग १ घण्टाको रहेको छ। यो ग्रहण खण्डग्रास चन्द्रग्रहण रहेको छ।

वैदिक धर्मशास्त्र अनुसार ग्रहण सुरु हुनुभन्दा केहि समय अगाडि देखि नै ग्रहणको सुतक लाग्ने भएकाले यो समयमा केहि कार्यहरु बर्जित गरिएको छ। विक्रम सम्वत् २०८२ फागुन १९ गते मङ्गलबार साँझ ६ बजेर ३ मिनेटमा ग्रहणको सुरुवात हुने भएपनि यसको सुतक भने १९ गते बिहान ९ बजेर ३ मिनेटदेखि लाग्छ र यो समयदेखि ग्रहणको समय नसकिएसम्म बाल, वृद्ध, रोगी, अशक्तले बाहेक अन्यले भोजन गर्न वर्जित छ। त्यस्तै ग्रहणको समयमा सुत्न, शौच गर्न, मैथुन गर्न, बध गर्न, बन्धन गर्न निषेध गरिएको छ।

चन्द्रग्रहणको फल कुन राशिलाई कस्तो रहन्छ ?

मेष राशिलाई – चिन्ता
वृष राशिलाई – व्यथा
मिथुन राशिलाई – धनको प्राप्ति
कर्कट राशिलाई – हानी
सिंह राशिलाई – घात
कन्या राशिलाई – खर्च बढ्ने
तुला राशिलाई – धनको लाभ
वृश्चिक राशिलाई – सुख
धनु राशिलाई – मानको नाश
मकर राशिलाई – हानी कष्ट
कुम्भ राशिलाई – जीवनसाथीलाई कष्ट
मीन राशिलाई – सुख र लाभ

यसरी हेर्दा यो ग्रहणबाट मिथुन, तुला, वृश्चिक, मीन राशिलाई शुभ फल मिल्ने छ भने अरुलाई अशुभ फल मिल्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित