यस साता पढाइ र कार्यमा रुचि बढ्नेछ । सहयोगीबाट साथ मिल्नेछ भने वैदेशिक रोजगारीको अवसर प्राप्त हुन सक्छ । पारिवारिक भ्रमणले मन प्रसन्न बनाउनेछ । आर्थिक तथा स्वास्थ्य पक्षमा सामान्य समस्या आउन सक्छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साताको अन्त्यमा रोकिएका समस्याको समाधान निस्कनेछ ।
वृष राशि
कार्य क्षेत्रमा सुधार आउनेछ । विद्यार्थीका लागि अध्ययनमा सफलता मिल्नेछ । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाट रमाइलो हुनेछ । जग्गा सम्बन्धी कामबाट लाभ मिल्न सक्छ । नयाँ काम सुरु गर्दा सोच विचार गर्नुहोला । आध्यात्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ ।
मिथुन राशि
वैदेशिक यात्रा तथा रोजगारीका लागि समय अनुकूल छ । आम्दानीका नयाँ अवसर प्राप्त हुन सक्छन् । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला । नयाँ काममा अवरोध आउन सक्छ । विद्यार्थीका लागि अध्ययनमा प्रगति हुने समय छ ।
कर्कट राशि
अग्रजको सल्लाहअनुसार काम गर्दा सफलता मिल्नेछ । अध्ययन तथा सामाजिक क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ । व्यवसायीका लागि लाभको समय छ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट हुने योग छ । कार्य क्षेत्रमा सामान्य मतभेद भएपनि साताको अन्त्यमा आर्थिक लाभ मिल्न सक्छ ।
सिंह राशि
नयाँ सवारी साधन खरिदको योग छ । सामाजिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक रोजगारीमा सफलता मिल्न सक्छ । पुरानै कामबाट अपेक्षित परिणाम प्राप्त हुनेछ । ठूलो निर्णयमा हतार नगर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या आएपनि दाम्पत्य जीवन सुखद् रहने छ।
कन्या राशि
दाम्पत्य तथा पारिवारिक सम्बन्ध राम्रो रहनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ भने सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ । उच्च व्यक्तिसँग भेटघाट हुनेछ । विद्यार्थीका लागि अध्ययन तथा लेखनमा सफलता मिल्नेछ । व्यवसायमा लाभ भएपनि घरका अग्रजको स्वास्थ्यमा ध्यान दिनुहोला ।
तुला राशि
अध्ययनमा सफलता मिल्नेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिबाट मानसिक शान्ति प्राप्त हुनेछ । घर जग्गासम्बन्धी काममा सुधार आउनेछ । राजनीतिमा सफलता मिल्ने योग छ । कार्य क्षेत्रमा राम्रो काम गरेबापत सम्मान वा पदोन्नति मिल्न सक्छ । स्थानान्तरणमा ढिलाइ हुने भएकाले हालकै कामलाई निरन्तरता दिनु राम्रो हुनेछ ।
वृश्चिक राशि
सवारी साधन खरिद तथा जग्गा कारोबारबाट लाभ मिल्न सक्छ । पुराना प्रियजनसँग भेटघाट हुनेछ । शिक्षामा सफलता तथा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । पेटसम्बन्धी समस्या आउन सक्छ । प्रेम सम्बन्धमा सामान्य तनाव देखिन्छ । साझेदारीका काममा सावधानी अपनाउनुहोला । पारिवारिक साथले मन प्रसन्न रहनेछ ।
धनु राशि
महत्वपूर्ण कामप्रति उत्साह बढ्नेछ । दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुखद् रहनेछन् । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । पुराना मित्रबाट आर्थिक लाभ हुन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दाजुभाइसँगको सम्बन्ध सुधारिनेछ । अध्ययन र कार्यक्षेत्रमा प्रगति हुनेछ ।
मकर राशि
जग्गा जमिन तथा अध्ययन अध्यापनका काममा सफलता मिल्नेछ । व्यवसाय विस्तारका लागि समय अनुकूल छ । सहकर्मीबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । खानपान तथा शिरसम्बन्धी सामान्य स्वास्थ्य समस्या आउन सक्छ । साताको अन्त्यमा आर्थिक लाभ मिल्ने योग छ ।
कुम्भ राशि
सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ । घरमा नयाँ वस्तु खरिद गर्ने अवसर मिल्नेछ । साथीभाइसँगको भ्रमण रमाइलो हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । नयाँ जागिर तथा वैदेशिक रोजगारीका लागि राम्रो अवसर मिल्न सक्छ । कार्य क्षेत्रमा लाभ भएपनि साताको अन्त्यमा खर्च बढ्न सक्छ ।
मीन राशि
कार्य क्षेत्रबाट आर्थिक लाभ मिल्नेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । साझेदारी व्यवसायबाट राम्रो फल मिल्नेछ । वैदेशिक यात्रामा केही ढिलाइ हुन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । सवारी यात्रा गर्दा सावधानी अपनाउनुहोला । प्रेम तथा पारिवारिक सम्बन्धमा सामान्य मतभेद भएपनि सहकर्मीबाट सहयोग मिल्नेछ ।
















Discussion about this post