भदौ १५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ अवसरको सदुपयोग गर्ने समय छ । निरन्तरको प्रयासले विगतमा रोकिएका काम समाधान हुनेछन् । मनपर्ने परिकार तथा खानपानमा रमाउने अवसर मिल्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज परिस्थिति तपाईंको पक्षमा रहनेछ । प्रभावकारी बोली र व्यवहारले रोकिएका काम अघि बढ्नेछन् । सामाजिक क्षेत्रमा तपाईंका विचारको प्रशंसा र सम्मान हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा आपसी समझदारी बढ्नेछ । आफन्त वा नजिकका व्यक्तिको सहयोगले आत्मविश्वास बढाउन मद्दत गर्नेछ । आज सकेसम्म लामो दूरीको यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोप्य रूपमा बनाइएका योजना सफल हुने संकेत छ । सन्तानबाट खुसीको खबर आउन सक्छ । आम्दानी बढाउने नयाँ बाटो खोज्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा नयाँ जिम्मेवारी थपिन सक्छ । विद्यार्थीका लागि पढाइमा राम्रो प्रगति हुने समय छ । व्यापार वा कामको सिलसिलामा हुने यात्रा लाभदायक बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज कामहरू निर्धारित समयमै पूरा हुनेछन् । शुभचिन्तकको सहयोग पाएपछि रोकिएका तथा अधुरा काम पुन: अघि बढाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारका सदस्यबाट प्राप्त सहयोगले मन खुसी रहनेछ । धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ । व्यवसायमा महत्वपूर्ण निर्णय लिनुअघि राम्रोसँग सोच्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक शंका र भ्रमबाट टाढा रहनु राम्रो हुनेछ । कार्य क्षेत्रमा उच्च अधिकारीसामु आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ । स्वास्थ्यलाई भने बेवास्ता नगर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा नयाँ काम सुरु नगर्नु नै राम्रो हुनेछ । यसअघि सुरु गरिएका कामलाई निरन्तरता दिनु लाभदायक बन्न सक्छ । अरूको आश्वासनमा भर परेर महत्वपूर्ण निर्णय नलिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमै काम सम्पन्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ । विगतका उपलब्धि र अनुभवले रोजगारी तथा पेसामा थप अवसर दिलाउन सक्छ । पदोन्नतिको सम्भावना पनि देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो क्षमता र काम गर्ने शैलीबाट अरूलाई प्रभावित पार्न सकिनेछ । नयाँ व्यवसाय वा काम सुरु गर्न अनुकूल समय छ । प्रेम तथा पारिवारिक सम्बन्धमा विश्वास अझ बलियो बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम थाल्दा वा यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला । सामाजिक क्षेत्रमा तपाईंको प्रभाव र प्रतिष्ठा बढ्नेछ । वरिष्ठ तथा अनुभवी व्यक्तिबाट आवश्यक सहयोग प्राप्त हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित