रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट सञ्चालनमा आएको छ। आज उक्त कार्यालयको उद्घाटन गरिएको थियो। पार्टीका सभापति लामिछानेले कार्यालय शुभारम्भ गरेका थिए।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्। यो पार्टीमा २१ जना अन्य सदस्य पनि छन् तर नाम खुलाइएको छैन।
लामिछानेले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन्। लामिछानेले यो पार्टीको महाधिवेशन एक वर्षपछि हुने बताएका छन्।
(हेर्नुस् तस्बिरहरू)

























Discussion about this post