भो अब चाहिदैन मलाई तिम्रा ती झुटा खुशीहरु

  • कविता गौतम

मेरो मुटूमा बसेको ए प्यारो मान्छे
किन हो भन त यसरी तर्किन थालेको ?
हिजोसम्म त भथ्यौ,
मैले तिम्रो मुटूमा नछुट्ने गरि बास गरेको छु
आज के भयो हँ ?
कि त्यसै नाटक गरेको थियौ ?

हुन त यो संसार नै रंगमञ्च हो
यहाँ हरेकले आ–आफ्नो भूमिका निर्वाह गरेको हुन्छ
तिमी पनि त्यहीको एउटा पात्र न हौ
म पनि त्यही रंग मंचको एक पात्र
एउटै समयमा फरक फरक भूमिका खेल्दै छौ है ?

समय न मेरो बसमा छ,न त तिम्रो
यहाँ हरेकको आफ्नै ढंग र आफ्नै परिबेश छ
मेरो जीवनको एक अध्याय तिमी पनि बन्यौ
म यी अध्यायहरु पल्टाउदै छु,
मैले कहाँ कहाँ चुकाए यीं अध्याय पढ्न
बुझ्न आफै अनि बुझाउन आफैलाई

तिमीले भन्ने हरेक शब्दले मुटू चस्स हुने गर्छ
ती बितेका हरेक समयले मुटू छियाछिया पार्छ
तिमी भन्दै थियौ मलाई तिम्रो मुटूमा घर गरेको छु
तर हैन रहेछ नि है मेरो प्यारो मान्छे
जमिन जमिन नै हुन्छ
अनि आकाश आकाश नै हैन र ?

डेरा अनि घर फरक हुन् नि है ?
मैले मात्र तिम्रो मुटूमा डेरा जमाएको रहेछु
घर बनाउन नै सकेन छु
त्यसैले त तिम्रो मुटुबाट
कति छिट्टै निस्किसकेको रहेछु
तर हेरन तिम्रा हरेक शब्दले
मन मुटूमा गहिरो छाप छोडेको छ मेरो
नभुल्न सके न पाउन सके तिमीलाई

भो अब चाहिदैन मलाई तिम्रा ती झुटा खुशीहरु
मैले दु:खलाई नै आफ्नो साथी बनाइसके

तिमी नै रमाउ ती ताराहरुले भरिएको जुनेली रातमा
मलाई त औसीकै कालो रातहरु न्यानो लाग्न थालेको छ !

फेरि बल्झाउने प्रयास नगर त्यो घाउलाई बिन्ती छ्
बाच्न सक्दिन म तिम्रो झुटाे मायाको चम्किलो संसारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित