‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बुधबार भरतपुर वडा नंं ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कवर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो ।

भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पदर्शशिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताउनुभयो । ‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उहाँले भन्नुभयो,‘यसको लागि म ऋणु छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्वकांशी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गर्नुभयो ।
‘विकासका लागि महत्वकांशी हुनु पर्छ, उहाँले भन्नुभयो,‘ महत्वकांशी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिया हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परे भए यति विकास हुने थिएए । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौ।’

मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गर्नुभयो ।

सो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको बृहत विकास सम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मुक्तकण्डले मेयर दाहालको प्रशंसा गर्नु भएको थियो । उपाध्यक्ष पौडेलले मतगणनाको नतिजा नआउदै यो बजेट, यो समपुरक, यो कार्यक्रम, यो विषेश अनुदान, यो दिनुपर्छ, यो हुनुपर्छ भनेर फोन गर्नुभएको कुरा उल्लेख गर्नुभएको थियो ।

उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रति हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित