‘चिसो मान्छे’का निर्देशक भन्छन् : मेरो फिल्म सिध्याउन सञ्चारकर्मी हात धोएर पछि लागे

गत शुक्रबारबाट रिलिज भएकोने पाली चलचित्र ‘चिसो मान्छे’ले बक्स अफिसमा कमाल गर्न सकेन। उक्त चलचित्रको पोष्टर र ट्रेलर हेरेर सकारात्मक प्रतिक्रिया दिएका मानिसले पूरै फिल्मले भने मन नछोएको प्रतिक्रिया दिएका छन्।

दर्शक मात्रैले राम्रै प्रतिक्रिया दिएको ‘चिसो मान्छे’ले फिल्म समीक्षकको भने सकारात्मक साथ पाउन सकेन। ​समीक्षकको मिश्रित प्रतिक्रिया पाएको फिल्मले व्यापार पनि औसत मात्रै गर्यो।

हलमा लाग्नु अघि यो फिल्मले बक्स अफिसमा धमाका गर्ने फिल्मका निर्माता तथा निर्देशकको अपेक्षा थियो। प्रचार पनि त्यहीअनुसार गरिएको थियो। आफ्नो फिल्मले सोचेको जस्तो व्यापार गर्न नसकेपछि निर्देशक दीपेन्द्र के खनाल भने, ‘मिडियाकर्मी माथि खनिएका छन्।’

उनले केही मिडिया आफ्नो फिल्म सक्काउनका लागि हात धोएर लागेको आरोप लगाए। उनले आफ्नो फिल्मका बारेमा नकारात्मक समाचार लेखेर मात्रै होइन उक्त समाचार बुस्ट गरेर प्रमोशन गरेको आरोप लगाएका हुन्।

शर्मिला पाण्डेले निर्माण गरेको ‘चिसो मान्छे’मा अभिनय गरेकी स्वस्तिमाको भने अहिले राम्रो प्रशंसा भइरहेकाे छ। स्वस्तिमासँगै यो फिल्ममा अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित