बृहस्पति र राहुको संयोग : यी ३ राशिले अपनाउनुपर्नेछ सतर्कता, हरक्षेत्रमा मिल्नेछ असफलता

वैदिक ज्योतिषमा ग्रहहरूको चालमा हुने परिवर्तन, ग्रहहरुको युती, गोचर र ग्रह स्थितिको विशेष महत्व छ। प्रत्येक ग्रह निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ।

एउटै राशिमा दुई ग्रहको मिलनको प्रभाव कतिपय राशिका लागि शुभ र केही राशिका लागि अशुभ हुन्छ। त्यसैगरी अहिले बृहस्पति र राहु दुई ग्रहको संयोगले गुरु चांडाल योग छिट्टै बन्नेछ।

वैदिक ज्योतिषका अनुसार कुण्डलीमा राहु र बृहस्पति सँगै हुँदा बृहस्पति चांडाल योग बन्ने गर्दछ। बृहस्पति अहिले मीन राशिमा रहेको छ। मीन राशिको स्वामी देवगुरु बृहस्पति हुन्।

अप्रिल २२ मा बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ। जहाँ राहु पहिले नै विराजमान हुनेछ। यस्तो अवस्थामा राहु र बृहस्पतिको संयोले मेष राशिमा गुरु चांडाल योग बन्नेछ।

गुरु र राहु आगामी ६ महिनासम्म एउटै राशिमा विराजमान रहनेछन्। गुरु चांडाल योगका कारण केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। यी राशिफलका बारेमा जान्नुहोस्-

मेष राशि अप्रिल २२ तारिख देखि मेष राशिमा गुरु चण्डल योग मेष राशिको लग्न घरमा मात्र बन्नेछ। यस्तो अवस्थामा 22 अप्रिलदेखि ३० अक्टोबरसम्मको आगामी छ महिना मेष राशिको लागि केही क्षेत्रमा भारी रहने छ। यस अवधिमा विभिन्न अवरोधहरूको सामना गर्नुपर्नेछ। धन हानि हुन सक्छ। मानहानिको स्थिति आउन सक्छ। स्वास्थ्यमा ह्रास आउन सक्छ।

मिथुन राशि : गुरु चांडाल योगले मिथुन राशिका व्यक्तिहरूलाई अशुभ समाचार दिन सक्छ। यस समयमा पैसा सम्बन्धी मामिलामा कठिनाइहरूको सामना गर्नु पर्नेछ। कार्यस्थलमा समस्या आउन सक्छ। धन हानि र काममा कठिनाइ हुनेछ।

धनु राशि धनु राशिका व्यक्तिहरूले गुरु चांडाल योगको समयमा सावधान रहनु आवश्यक छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। व्यापारमा घाटा हुनसक्छ। अनावश्यक खर्च बढ्नेछ। अत्याधिक खर्चले मन खिन्न रहनेछ। अज्ञात भयले सताउनेछ। करियरमा कठिनाइ आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित